तपाईँ सुन्दै हुनुहुन्छः

सरकारको निर्णयलाई स्वागत गर्दै मैनवत्ती प्रज्वलन

राजविराज । मधेशीहरुमाथि लगाइएको मुद्दा नेपाल सरकारले फिर्ता लिएपछि युवाहरुले राजविराज सहितका सहरहरुमा मैनवती प्रज्वलन गरेका छन् ।

युवाहरुले सरकारले गरेको निर्णयलाई स्वागत गर्दे विभिन्न जिल्लाको मुख्य सहरहरुमा मैनवत्ती प्रज्वलन गरेका हुन् ।

जनता समाजवादी पार्टीका यूवानेता किसोर कुमार यादवको नेतृत्वमा २०÷२५ जनाको युवाहरुको समूहले सप्तरी सदरमुकाम राजविराज स्थित दशनचौक र राष्ट्रिय एकता अभिनका केन्द्रीय उपाध्यक्ष सुनिता साहको नेतृत्वमा गजेन्द्रचौकमा मैनवती प्रज्वलन गरी सरकारको निर्णयलाई स्वागत गरेको हो ।

यस्तै सिरहाको लहान, धनुषाको जनकपुरधाम लगायतका स्थानहरुमा जसपाका युवानेताहरुले मैनवती प्रज्वलन गरी सरकारको निर्णयलाई स्वागत गरेको जसपाका युवा नेता नागेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।

सरकारले मधेस थरुहट आन्दोलनका क्रममा लगाइएको सरकारवादी १५ मुद्दासँग सम्बद्ध १२० जनाको मुद्दा बुधबारै मन्त्रीपरिषको निर्णयबाट फिर्ता लिएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button