प्रदेश २ मा २ सय ५९ संक्रमित थप
जनकपुरधाम । प्रदेश नंं २ का विभिन्न जिल्लाहरुमा कोरोना संक्रमित हुनेको संख्या बढी नै रहेको छ । चार साता अगाडि कोरोना संक्रमितको संख्या ६ मा झरेकोमा अहिले आएर संख्या बढेर प्रदेश भरिमा १ हजार ८ सय ६४ पुगेको छ ।
आज मात्र प्रदेश नं २ को विभिन्न प्रयोगशालाहरुमा गरिएको पिसिआर तथा एन्टीजेन परीक्षणमा गरेर २ सय ५९ जनामा कोरोनाको संक्रमणको पुष्टि भएको छ । संक्रमित मध्ये ७४ महिला र १ सय ८५ पुरुष रहेका छन् ।
जनकपुरधाम स्थित प्रादेशिक प्रयोगशालामा आज गरिएको १ सय ८२ वटा नमूनाको परीक्षण गर्दा धनुषा तथा महोत्तरीमा गरेर ६६ जना नयाँ कोरोनाका संक्रमित थप भएको छ । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका सहित विभिन्न पालिकाहरुमा गरेर १७ महिला र २९ पुरुष गरेर ४६ जना र महोत्तरी जिल्लामा ८ महिला तथा ७ पुरुष गरेर १५ जनामा कोरोनाको संक्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयका बरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिनुभयो ।
यसै गरि सिरहा जिल्लाको प्रयोगशालामा गरिएको परीक्षणमा ४ महिला सहित ७ जना, रौतहट जिल्लामा २८ वटा नमुनाको परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको छ । यसै गरि सर्लाहीमा ६ जना तथा नारायणी अस्पतालको प्रयोगशालामा २ सय ८८ नमूनाको परीक्षण गर्दा १ सय ६९ जनामा कोरोनाको संक्रमणको पुष्टि भएको छ ।
जस अनुसार वारामा २३ जना तथा पर्सा जिल्लामा ३१ महिला सहित १ सय ४१ जना नयाँ कोरोनाका संक्रमित थप भएको छ । अहिले प्रदेश नंं २ को सप्तरीमा ४४ जना, सिरहामा ३९, धनुषामा २ सय ४९, महोत्तरीमा ६९, सर्लाहीमा १६, रौतहटमा १ सय १६, वारामा २ सय १८ तथा पर्सा जिल्लामा १ हजार १ सय ३३ जना सक्रिय संक्रमितहरु रहेका छन् ।
संक्रमित मध्ये सिरहामा १० जना तथा पर्सा जिल्लामा ६६ जना संस्थागत आइसोलेसनमा उपचारमा रहनु भएपनि अन्य सवै कोरोनाका संक्रमितहरु होम आइसोलेसनमा रहनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्