तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतमा कोरोना संक्रमित पुरुषको मृत्यु

सुर्खेत । सुर्खेतमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । कालिकोटको नरहरिनाथ गाउँपालिका–९, का ७३ वर्षीय पुरुषको आज (बिहीबार) प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा निधन भएको हो ।
श्वासप्रश्वास प्रणालीमा समस्या देखिएपछि ती व्यक्तिलाई वैशाख ११ गते पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । मृतकको शव व्यवस्थापन जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा नेपाली सेनाले गरेको छ ।
कोरोना सङ्क्रमणबाट कर्णालीमा हालसम्म ३९ जनाले ज्यान गुमाई सकेका छन् । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशभर ४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button