कैलालीमा आज थप चार जना कोरोना सङ्क्रमितको मृत्यु

धनगढी । कैलालीमा आज थप चार जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
सेती प्रादेशिक अस्पतालको कोभिड–१९ अस्पतालमा उपचाररत कोरोना संक्रमित धनगढी उपमहानगरपालिकाकी ४५ बर्षीया महिला, घोडाघोडी नगरपालिकाका ६० बर्षिय पुरुष र लम्किचुहा नगरपालिकाका ३३ वर्षका पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिनुभयो ।
यसै गरी कोरोना संक्रमित गोदावरी नगरपालिकाकी ८७ बर्षीया मृत्यु भएको छ । होमआईसोलेशनमा रहेको अवस्थामा उनको मृत्यु भएको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्