तपाईँ सुन्दै हुनुहुन्छः

सोलुखुम्बुका विभिन्न स्थानमा होल्डिङ सेन्टर 

सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जिल्लाका विभिन्न तीन स्थानमा होल्डिङ सेन्टर स्थापना गरेको छ ।
मास्क नलाउनेलाई कारबाही गर्नका लागि जिल्लाको फाप्लु, आवाडाँडा र नयाँ बजारमा होल्डिङ सेन्टर स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
मास्क नलगाई हिँडेको पाइएमा १५ मिनेटदेखि ३० मिनेटसम्म होल्डिङ सेन्टरमा उभ्याइने प्रहरी निरीक्षक ऋषिराज ढकालले बताउनुभयो ।
त्यस्तै, कोरोना जोखिम न्यूनीकरणको लागि सोलुखुम्बुमा सशस्त्र प्रहरीले सवारी चेकजाँचलाई तीव्रता दिएको छ ।
सदरमुकाम सल्लेरीबाट बाहिरिने तथा भित्रिने प्रमुख नाका जिरो प्वाइन्टको खुम्बुले दोर्जी मार्गमा सवारी साधन चेकजाँच सुरु गरेको हो ।
सशस्त्र प्रहरीको टोलीले बिहान र साँझ गरी दुई पटक चेकजाँच गरिरहेको र यातायात व्यवसायीले प्रशासनको आदेश पालना गरे÷नगरेको र यात्रुहरूलाई मास्क अनिवार्य प्रयोग गर्न कडाइका साथ अनुगमन गरेको छ ।
सवारी साधनभित्र तोकिएको भन्दा बढी सङ्ख्यामा यात्रु ओसारपसार हुन नदिन पनि अनुगमनलाई तीव्रता दिइएको सशस्त्र प्रहरी बल सल्लेरीका प्रमुख प्रहरी नायव उपरीक्षक दिनेश शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button