तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा दुई जना स्वास्थ्यकर्मीसहित २३ जनामा कोरोना सङ्क्रमण पुष्टि 

अछाम ।  अछाममा दुई जना स्वास्थ्यकर्मीसहित थप जनमा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लाको बयालपाटा अस्पतालमा थप दुई जना स्वास्थ्यकर्मी र एक जना अन्य बिरामीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ ।

यस्तै जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्ना पाटेखेतमा एन्टिजेन विधिबाट परीक्षण गर्दा २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्त रावलले बताउनुभयो ।

उहाँका अनुसार पाटेखेतमा बुधवार २१ जनामा एन्टिजेन विधिबाट परिक्षण गर्दा २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

गत सोमबार बान्नीगढी जयगढ गाउँपालिकामा वडा नम्बर ५ कालिकाको नन्दा माध्यमिक विद्यालयका २४ जना विद्यार्थीमा एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जना विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button