कैलालीमा आजदेखि निषेधाज्ञा

धनगढी । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कैलालीमा एक हप्ताका लागी निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णय बमोजिम आज बैशाख १६ गतेदेखी २२ गतेसम्मका लागी निषेधाज्ञा जारी गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताउनु भयो ।
निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा बाहेक अन्य सबै क्षेत्र सेवा बन्द रहने उहाँले बताउनुभयो । निषेधाज्ञा उल्लङ्घन गर्नेमाथि कडा कारबाही गरिने प्रहरीले जनाएको छ । यति वेला धनगढी बजार हितका ठाउँमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै जारी गरिएको निषेधाज्ञाको सरकारी तथा नीजी क्षेत्रले पालना गर्न आवश्यक देखिन्छ ।






प्रतिक्रिया राख्नुहोस्