तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशसभा बैठक स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठक अनिश्चत कालसम्मको लागि स्थगित भएको छ ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्धको अविश्वासको प्रस्तावमा आज तय भएको मतदानमा जनमोर्चाका १ जना सांसद अनुपस्थित भएपछि अनिश्चित कालसम्मका लागि बैठक स्थगित भएको हो ।
अविश्वासको प्रस्तावमाथि छलफल चलिरहेको समयमा जनमोर्चाले आफ्ना सांसद हराएकाले खोजी गरी पाउँ भन्दै निवेदन दिएपछि सभामुख नेत्रनाथ अधिकारीले दिउसो साँढे ४ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो । त्यसपछि अर्को बैठक सूचना टाँसेर स्थगित भएको जानकारी दिइएको छ ।
गण्डकी प्रदेश सभाको बैठकमा अनुपस्थित सांसद खिमविक्रम शाही भने पोखराको चरक मेमोरियल हस्पिटलमा भर्ना भएको पाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button