तपाईँ सुन्दै हुनुहुन्छः

निषेधाज्ञा अवधिभर सुनको कारोबार नहुने

काठमाडौँ । निषेधाज्ञा अवधिभर नेपाल सुन चाँदी व्यवसायी महासङ्घले देशका प्रमुख शहरहरुमा सुनको कारोबार नहुने जनाएको छ ।
कारोबार नहुने भएपछि निषेधाज्ञा अवधिभर बैङ्कमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको महासङ्घले जनाएको छ । अहिले हरेक दिन बैङ्कमार्फत २० किलो कच्चा सुन आयात भइरहेको छ ।
बिहीबारदेखि प्रमुख शहरमा कारोबार नहुने भएकोले आयात रोक्ने निर्णय गरेको महासङ्घका महासचिव धर्म सुन्दर बज्राचार्यले जानकारी दिनुभयो ।
निषेधाज्ञा अवधिभर सुनको बजार कारोबार मूल्य तोक्ने कार्य भने निरन्तर जारी रहने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button