करेन्ट लागेर एक जनाको मृत्यु
सप्तरी । सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर १ तेतरियाका भगाई सदाईको १६ वर्षीय छोरा रामु सदाको मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
बुधवार दिउँसो १ बजे मोबाइल चार्जमा लगाउने क्रममा बायाँ हातको औलामा करेन्ट लागेर घाइते भएपछि सदालाई उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता एवम् डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्