किसानलाई कृषि औजार वितरण
सुनसरी । सुनसरीको कोशी गाउँपालिकामा किसानहरूलाई आत्मनिर्भर बनाउनका लागि कृषि औजार वितरण गरिएको छ ।कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले कृषि स्तर उन्नतिको लागि कृषि औजार वितरण गर्नुभएको हो ।
कोशी गाउँपालिकाले हुलाकी राजमार्ग लक्षित तरकारी उत्पादन कार्यक्रम अन्तर्गत १३० जना किसानहरूलाई विभिन्न कृषि सामाग्री वितरण गरेको छ । कृषि ज्ञान केन्द्र सुनसरीसँगको सहकार्यमा गाउँपालिकाले १३० किसानलाई कृषि सामाग्री वितरण गरेको हो ।
१३० जना किसानहरूलाई ब्रस कटरमोडमेल, बोरिङ, पम्प सेट, सेक्सन पाइप, घेराबेरा गर्ने पोल, पावर स्प्रे लगायतका कृषि सामग्री तथा उपकरण वितरण गरिएको कोशी गाउँपालिका अध्यक्षका स्वकीय सचिव धर्मेन्द्र विश्वासले जानकारी दिनुभयो ।
किसानहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुर्याउने उद्देश्यले कृषि सामाग्री वितरण गरिएको बत्ताउनुहुँदै अध्यक्ष अन्सारीले क्रमबद्ध रूपले कोशी किसानका खेतीयोग्य जग्गाबाट विभिन्न प्रकारका तरकारी बाली उत्पादनमा प्रोत्साहन गर्दै जाने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्