पाल्पा अस्पतालमा ओ पि डी सेवा बन्द, कोभिड प्रयोगशाला निरन्तर सञ्चालन

पाल्पा । पाल्पा अस्पतालमा ओ पि डी सेवा बन्द हुने भएको छ । तर अस्पतालको आकस्मिक सेवा भने चौबिसै घण्टा सुचारु रहने अस्पतालले जनाएको छ ।
कोरोना महामारी फैलिएपछि यसको नियन्त्रण गर्न ओ पि डी सेवा बिहीबारदेखि बन्द हुने भएको हो ।
पाल्पामा रहेको कोभिड प्रयोगशाला भने निरन्तर सञ्चालन हुने पाल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र पाण्डेले जनाकारी दिनुभयो ।
अस्पतालमा अक्सिजनयुक्त १५ शय्या थप गरिने भएको छ ।
कोरोना महामारी फैलिएपछि उपचार सेवा प्रभावकारी बनाउन अक्सिजनयुक्त शय्या थप गर्न लागिएको हो ।
अस्पतालमा अहिले ४ वटा आइसोलेसन शय्या (अक्सिजनयुक्त) छन् । अबको केही दिनमै थप १५ शय्या निर्माण गरिने छ ।
विशेषज्ञ बोलाएर अक्सिजनयुक्त शय्या निर्माणको लागि स्टिमेट तयार गर्ने काम सम्पन्न भएको अस्पतालका प्रमुख डा.जगदीश कुँवरले बताउनुभयो । उहाँका अनुसार अबको एक हप्तामा शय्या तयार हुनेछ ।
तानसेनस्थित काजीपौवामा रहेको प्रयोगशालामा पाल्पासहित छिमेकी जिल्ला स्याङ्जा, गुल्मीका स्वाब परीक्षण हुँदै आएको छ ।
आर्थिक अभावले प्रयोगशाला सञ्चालनमा समस्या भएको डा.कुँवरले बताउनुभयो । उहाँका अनुसार कर्मचारीलाई तलब दिन, कीट, पिपिई लगायतका सामग्री खरिद गर्न समस्या भएको छ ।








प्रतिक्रिया राख्नुहोस्