राष्ट्रियसभा सदस्य खड्का पदमुक्त
काठमाडौँ । राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त हुनुभएको छ ।
राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले आज सूचना प्रकाशित गर्दै राजनीतिक दलसम्बन्धी ऐनअनुसार खड्का पदमुक्त भएको जानकारी दिनुभएको हो ।
नेकपा माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेशबाट निर्वाचित हुनुभएका खड्का नेकपा एमाले प्रवेश गरेको भन्दै माओवादी केन्द्रले कारबाही गरेपछि उहाँ पदमुक्त हुनुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्