तपाईँ सुन्दै हुनुहुन्छः

जीतपुरका पत्रकारद्वारा सर्वसाधारणहरूलाई मास्क वितरण

बारा । बारा जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा पत्रकारहरूले सर्वसाधारणहरूलाई सर्जिकल मास्क वितरण गरेका छन् ।
स्थानीय जीतपुरका पत्रकारहरूको समूहले करिब ५ सय जनालाई मास्क वितरण गरेको हो ।
जीतपुर बजार चोकमा मास्क नलगाउने सर्वसाधारणहरूलाई मास्क वितरण गर्दै उनीहरूलाई कोरोना भाइरसबाट बच्न स्वास्थ्य मापदण्डको परिपालना गर्न अनुरोध गरिएको थियो ।
कोरोना महामारीको समयमा मास्क लगाउनु अति आवश्यक भएको सन्देश दिन र सम्बन्धित निकायलाई जबाफदेही बनाउने  उद्देश्यले मास्क वितरण गरिएको पत्रकारहरूले बताएका छन् ।
मास्क वितरण कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ का वडा अध्यक्ष रामबाबु गुप्ता, इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख प्रहरी नायव निरीक्षक कृष्णदेव सिंह, नेपाल पत्रकार महासङ्घ बाराका सहसचिव रञ्जन यादव, प्रदेश परिषद् सदस्य मनोज कुमार साह, पत्रकार शिव शंकर पटेल, विशाल सरार्फ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button