कञ्चनपुरमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
भीमदत्तनगरपालिका–१९ बागफाटा घर भई हाल भीमदत्तनगरपालिका–३ स्थित जिवनरेखा सुधार गृहमा बस्दै आएका ३५ वर्षीय पुरुषको उपचारका क्रममा महेन्द्रनगरस्थित भरैसा फार्मेसीमा मृत्यु भएको हो ।
उनको आज नै पिसिआर परीक्षण गर्ने क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको महाकाली अस्पतालका कोभिड–१९ फोकल पर्सन डा.गोविन्द रोकायाले बताउनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्