कोरोना सङ्क्रमित न्यायाधीशलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगियो

कञ्चनपुर । कञ्चनपुरको उच्च अदालत महेन्द्रनगरमा कार्यरत एक जना न्यायाधीशलाई उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट काठमाडौँ लगिएको छ ।
कोरोना सङ्क्रमण देखिएपछि एक साता अघि महेन्द्रनगरस्थित महाकाली अस्पतालमा भर्ना हुनुभएका उहाँको थप उपचारका लागि आज सिम्रिक एयरको ९एन एएनबी नम्बरको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको हो ।
कोरोना सङ्क्रमण देखिएपछि होम आइसोलेसनमा बस्नुभएका उहाँलाई स्वास्थ्यमा समस्या आएपछि एक साताअघि महाकाली अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ ।
महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले उहाँको अवस्था सुधारोन्मुख भएको बताउनु भएको छ ।
उहाँले स्वास्थ्य सुधारको क्रममा बताउँदै परिवारले थप उपचारका लागि काठमाडौँ लगेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्