कोरोनाबाट बाँकेमा थप दुई जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ ।
भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ की ३९ वर्षीया महिला र नेपालगन्ज १२ का ६५ वर्षीय पुरुषको गएराति मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताउनुभयो ।
यो संगै कोरोनाबाट बाँकेका ९९ जनाको मृत्यु भइसकेको छ भने बाहिरी जिल्लाका १०८ जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्