सप्तरीमा मास्क नलाउने ६२४ लाई कारबाही

सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीले बन्दाबन्दीको समयमा मास्क नलगाई हिँडडुल गर्ने ६ सय २४ जनालाई कारबाही गरी रु ६२ हजार ४ सय जरिवाना सङ्कलन गरेको छ ।
कोरोना भाईरस तीव्र रुपमा फैलीएको भन्दै सप्तरी प्रशासनले सर्वसाधारणलाई आफै सचेत भई भिड भाड नगर्ने, अति आवश्यक भन्दा घरबाट बाहिर ननिस्कने ,बाहिर निस्किदा मास्कको प्रयोग गर्न सूचना नै जारी गरिको थियो । सप्तरी सदरमुकाम राजविराज लगायत जिल्लाको विभिन्न स्थानहरूमा मास्क नलगाई बाहिर निस्केका व्यक्तिहरूलाई कारबाही स्वरुप रु १०० का दरले जरिवाना गर्दा उक्त रकम सङ्कलन भएको सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
हाल विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसविरुद्धको जनचेतना फैलाउँदै रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारको निर्देशनबमोजिम यहाँका जनतामा सचेतना जगाउँदै आएको प्रवक्ता काफ्लेले बताउनुभयो ।
पछिल्लो समयमा कोरोना भाइरस अनपेक्षित रूपमा फैलिँदै आएकाले त्यसको प्रत्यक्ष असर समुदायस्तरमा समेत देखापरेकाले वर्तमान अवस्थालाई मध्यनजर गर्दै कोरोना रोकथामका लागि मास्क नलगाई पैदल हिँड्ने तथा सवारी साधन चलाई हिँड्ने व्यक्तिलाई कारबाही गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय सप्तरीको निर्देशन एवं जिल्ला प्रहरी कार्यालय सप्तरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथको सक्रियतामा वैशाख १२ गतेदेखि प्रतिव्यक्ति रु १०० का दरले जरिवाना गरिएको प्रशासन कार्यालय सप्तरीले जनाकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्