सरकारी अस्पताललाई सर्वसाधारणमैत्री बनाउन उपप्रधानमन्त्री पोखरेलको निर्देशन
काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारी अस्पतालहरूलाई सर्वसाधारण मैत्री बनाउन निर्देशन दिनुभएको छ ।
काठमाडौँका सरकारी अस्पतालका प्रमुखहरूसँगको आजको बैठकमा उपप्रधानमन्त्री पोखरेलले सरकारी अस्पतालहरूलाई सर्वसाधारण जनतामैत्री बनाउन निर्देशन दिनुभएको हो ।
असहाय र गरिब जनताको एक मात्र भरोसा सरकारी अस्पताल भएकाले सर्वसाधारणको उपचारमा विशेष ध्यान दिन आग्रह गर्नुहुँदै उपप्रधानमन्त्री पोखरेलले सरकारी अस्पतालको सेवामा सुधार हुँदा बिरामीहरूले निकै ठूलो राहत पाउने बताउनुभयो ।
उपप्रधानमन्त्री पोखरेले काठमाण्डौको बाँसबारीस्थित गङ्गालाल हृदय रोग केन्द्र, टिचिङ अस्पताल, कान्ति बाल अस्पताल र नेपाल प्रहरी अस्पतालले प्रदान गर्दै आएको सेवा, सुविधा र समस्या समाधानका विषयमा छलफल गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्