तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गलमा खेर गइरहेको थाकलबाट सुन्दर ब्याग 

सुनसरी । उपप्रमुख आत्मनिर्भर कार्यक्रम अन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका १८ मा १५ दिने तालिमका क्रममा चौधरी समुदायका महिलाले सुन्दर ब्याग र ह्याट बनाएका छन् ।

उहाँहरूलाई दाङबाट आएर चन्द्रावती चौधरीले थाकलबाट ब्याग र ह्याट बनाउन सिकाउनुभएको हो

सहभागीहरू ओम कुमारी र सुमित्रा चौधरीले सिकेको सीपमार्फत व्यावसायिक बन्ने आत्मविश्वास बढेको बताउनुभयो । इटहरी १८ का महिला मेहनती रहेको सहजकर्ता चौधरीले बताउनुभयो ।

उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले उद्यमी समूह दर्ता गरेर थाकरका सामग्री निर्माण गरी वडा नम्बर १८ को पहिचान बनाउन आग्रह गर्नुभयो । उहाँले उद्यम थालनी गर्न बीउपूँजी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वडाध्यक्ष राम कुमार चौधरीले बजार र पुँजीको अभाव हुन नदिने व्यावसायिक बन्न सल्लाह दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button