तपाईँ सुन्दै हुनुहुन्छः

हालकै दरमा संक्रमण बढिरहे भयावह अवस्था आउने प्रक्षेपण

काठमाडौँ ।गत वर्ष नेपालमा कोरोना संक्रमण दर करिव सयको संख्यामा हुँदा संक्रमण टरेको भान भइरहेको थियो तर विज्ञहरुको एक अध्ययनले भने कुनै भूगोल वा देशमा संक्रमण फैलिएको करिव वर्षदिन पछि पुनः संक्रमणको दोस्रो लहर आउन सक्ने प्रक्षेपण ग-यो ।

प्रक्षेपणले देखाए जस्तै, कोरोना कहरको सामना गरेको वर्षदिन हुदाँ नहुदै देश नयाँ भेरियन्टसगै संक्रमणको दोस्रो लहरको चपेटामा छ । फैलिइरहेको नयाँ स्वरुपको भाइरस ४३ देखी ९० प्रतिशतले छिटो तथा बढि संक्रामक र मृत्यु दर समेत ६४ प्रतिशतले बढि हुने इपिडिमियोजिष्ट डा. अर्चना श्रेष्ठ बताउनुहुन्छ ।

डा. कमचार्यले अमेरिका स्थित इन्स्टिच्यूट अफ हेल्थ मेट्रिक्सन इभालुएसनबाट गरिएको प्रक्षेपण अनुसार नेपालमा यहिँ गतिमा संक्रमण बढ्दै जाने हो भने अवको ३ महिनामा २ लाखको संख्यामा संक्रमण बढ्ने र प्रतिदिन १ सय ४९ जनाको मृत्यु हुनसक्ने जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हरेक ४ दिनको अन्तरालमा संक्रमितको संख्या दोव्बरले वृद्धि भइरहेको छ । सावधानी अपनाउन अनुरोध गदै मन्त्रालयले हालकै अवस्थामा संक्रमणको दर वृद्धि भइरहे, मूलुको स्रोतसाधनले धान्न नसक्ने अवस्था आउनेबारे बारम्बार दोहो-याइरहेको छ ।

संक्रमणको प्छिल्लो तथ्याङलाई हेर्दा १७ सय ३६ रहेको संक्रमित ४ दिनपछि ३ हजार बढि संख्यामा संक्रमित थपिए । यस्तै ११ मृत्यु संख्या हालसम्मको दोस्रो धेरै संख्या २८ जनाको मृत्यु भइसकेको छ । इपिडिमियोलोजिष्ट डा. बिराज कर्माचार्यले हाल संक्रमण समुदायमा फैलिसकेकोले आउन सक्ने खतराको संकेत गरिसकेको बताउनुहुन्छ ।

डा. कमचार्यले अमेरिका स्थित इन्स्टिच्यूट अफ हेल्थ मेट्रिक्सन इभालुएसनबाट गरिएको प्रक्षेपण अनुसार नेपालमा यहिँ गतिमा संक्रमण बढ्दै जाने हो भने अवको ३ महिनामा २ लाखको संख्यामा संक्रमण बढ्ने र प्रतिदिन १ सय ४९ जनाको मृत्यु हुनसक्ने जानकारी दिनुभयो ।हाल विश्वमा उच्च दरमा कोरोना संक्रमण फैलिरहेका मूलुकहरु मध्ये नेपाल निकै अग्र स्थानमा छ । यो हप्ता मात्रै नेपालमा २ सय ४१ प्रतिशत अर्थात २ दशमलव ५ गुनाले संक्रमित बढेको तथ्याङक छ । यस्तैः छिमेकी देश भारतमा ६० प्रतिशत, पाकिस्तानमा १३ र माल्दिभस्मा ८० प्रतिशतले बढेकोे देखिन्छ ।

हाल विश्वमा उच्च दरमा कोरोना संक्रमण फैलिरहेका मूलुकहरु मध्ये नेपाल निकै अग्र स्थानमा छ । यो हप्ता मात्रै नेपालमा २ सय ४१ प्रतिशत अर्थात २ दशमलव ५ गुनाले संक्रमित बढेको तथ्याङक छ । यस्तैः छिमेकी देश भारतमा ६० प्रतिशत, पाकिस्तानमा १३ र माल्दिभस्मा ८० प्रतिशतले बढेकोे देखिन्छ । 

हालकै अवस्थामा संक्रमण दर बढिरहे भयानक दृष्यको सामना गर्नुपर्ने विज्ञहरुले चेतावनी दिएका छन् । सुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल सिर्सच युनिट संयोजक डा. शेरबहदुर पुनले संक्रमणको गतिलाई रोकथाम नगर्ने हो भने भयावह अवस्था संघारमै आइसकेको बताउनुहुन्छ । संक्रमणलाई बड्न नदिन हरेक व्यक्तिले तोकिएका जनस्वास्थ्यका मापदण्ड तथा सावधानी युद्ध स्तरमै अपनाउन सल्लाह दिनुहुन्छ ।

सरकारले संक्रमण रोकथाम तथा न्युनिकरणका लागि धेरै प्रभावित क्षेत्रहरुमा निशेधज्ञा लगाउने निर्णय गरिसकेको छ तर व्यक्ति आफै सचेत नभएसम्म सरकारका कदमले मात्र संक्रमणलाई जित्न असंम्भव जस्तै छ । लाखाँैको प्राण लिइसकेको भाइरसबाट बाँकी जीवन बाच्ने र बचाँउने लडाईमा हरेक नागरिक आफै जिम्मेवार बन्नुपर्ने देखिन्छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button