जसपाका शीर्ष नेताहरूको बैठक सकियाे, पुनः बस्ने निर्णय

काठमाडौं। जनता समाजवादी पार्टीका ६ जना शीर्ष नेताहरूको बैठक सकिएको छ ।
पार्टी कार्यालय बालकुमारीमा मंगलबार बसेको बैठकमा समसामहिक राजनीतिक विषयमा छलफल भएको अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो । बैठक ‘पछिल्लो समसामहिक राजनीतिक विषयमा छलफल गर्न शीर्ष नेताहरु बीच अनौपचारिक छलफल भएको हो,’ उहाँले भन्नुभयो, ‘तर, छलफलमा कुनै निर्णय भएनन् ।
अब एक–दुई दिनमा फेरि बैठक बस्छै ।’ बैठकमा नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्