सुर्खेतमा कोरोना संक्रमित पुरुषको मृत्यु
सुर्खेत।सुर्खेतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मंगलबार एक जनाको मृत्यु भएको छ ।
जुम्ला जिल्लाको तिलागाउँपालिका घर भई हाल सुर्खेतको वीरेन्द्रनगरमा बस्दै आएका ७६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । दीर्घरोगले ग्रसित उनलाई सोमबार कोरोना परीक्षण गर्दासंक्रमण भएको पुष्टि भएपनि उपचारकै क्रममा मंगलबार विहान मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिनुभयो । कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्