झापामा आजदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङशील्ड प्रतियोगिता शुरु
झापा। झापामा जिल्लास्तरीय रनिङशील्ड प्रतियोगिताको बाह्रौं संस्करण शुरु भएको छ ।
भद्रपुरस्थित मेची रंगशालामा आज शुरु भएको प्रतियोगिताको एक समारोहका बीच १ नं प्रदेशसभा सदस्य वसन्त वानियाँले उद्घाटन गर्नुभयो । जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि वानियाँले विद्यालय तहदेखि नै खेलकुदमा सहभागी गराई खेलकुदमा सक्षम जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनाली र प्रशिक्षक दुर्गानाथ निरौलाले संयुक्त रुपमा सञ्चालन गरेको उद्घाटन समारोहमा भद्रपुर नगरपालिकाका प्रमुख जविनकुमार श्रेष्ठले मर्यादित ढंगबाट प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, करातेलागयतका आधादर्जन विधा समावेश गरिएको प्रतियोगिताअन्तर्गत आज भएका खेलहरुबाट केही खेलका परिणाम घोषणा भएको कार्यालय प्रमुख मैनालीले बताउनु भयो ।
आइतबारसम्म सञ्चालन हुने प्रतियोगिताका विजेता खेलाडीहरुले १ नं प्रदेशस्तरीय राष्ट्रप्रति रनिङशील्ड प्रतियोगितामा सहभागी जनाउने छन् ।








प्रतिक्रिया राख्नुहोस्