तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा उपचारत४ जना कोरोना संक्रमित महिलाको मृत्यु,७६ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज ।वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारत थप ४ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

नारायणी अस्पतालमा कोरोना संक्रमण भई उपचारत बीरगंज महानगरपालिका वडा नम्बर २५ सिर्सीया निवासी ६५ बर्षिया महिलाको आज बिहान ३ बजे उपचारको क्रममा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएसँगै श्वास प्रश्वासमा समस्या भएपछि नारायणी अस्पतालमा हिजो भर्ना भएकी महिलाको उच्च निमोनियाको कारण मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले बताउनुभयो ।

त्यसैगरी नारायणी अस्पतालमा बाराको सिमरा जितपुर उपमहानगरपालिका वडा नम्बर ६ निवासी ४० बर्षिया महिलाको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ ।गत बैशाख ९ गते कोरोना सङ्क्रमणको पुष्टि भएसँगै अस्पतालमा भर्ना भएकी महिलाको आज बिहान १ २४ मा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिनुभयो ।

यसअघि नारायणी अस्पतालमा गए राति पर्साको बहुदरामाई नगरपालिका वडा नम्बर ७ निवासी ४५ वर्षीय महिलाको पनि कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ ।स्वास्थ्यमा समस्या आएपछि बैशाख १२ गते नारायणी अस्पतालमा भर्ना भएकी ती महिलाको बैशाख १३ गते एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । गम्भीर किसिमको निमोनियाबाट समेत पीडित महिलाको गए राति मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर दासले जानकारी दिनुभयो ।

गए राति नै बीरगन्ज महानगरपालिका वडा नम्बर ८ पानीट्यांकी निवासी ३८ वर्षीय महिलाको उपचारको क्रममा बीरगंज स्थित नारायणी बयोधा अस्पताल गण्डकमा मृत्यु भएको छ । बैशाख १० गते गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ देखिएको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि सोमवार दिउँसो नारायणी वयोद्या अस्पताल गण्डकमा उनलाई भर्ना गरिएको थियो । निमोनियाबाट समेत पीडित ती महिलाको श्वासप्रश्वासमा समस्या आएपछि उपचारको क्रममा गए राति मृत्यु भएको नारायणी वयोद्या अस्पतालका प्रशासन प्रमुख विष्णु पटेलले जानकारी दिनुभयो ।

बीरगंजमा १२ घण्टा भित्र ४ जनाको मृत्यु भएपछि सर्वत्र त्रास छाएको छ । थप ४ जना सँगै बैशाख यता बीरगंजमा १५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।यसैबिच नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा थप ७६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।१४० जनाको पिसीआर परिक्षण गरिएकोमा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो ।

संक्रमित मध्ये ६४ जना पर्सा जिल्लाको रहेकोमा २ जना बहुदरामाई नगरपालिकाको र अन्य ६२ जना संक्रमित बीरगंज महानगर पालिकाका स्थानीय बासिन्दा रहेको डाक्टर दासले बताउनुभयो ।त्यसैगरी कोरोना संक्रमण पुष्टि हुनेहरूमा बाराका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको डाक्टर दासले बताउनुभयो ।

सङ्क्रमितको उमेर समूह ५ बर्ष देखी ७० बर्ष सम्म रहेको र सङ्क्रमितको सिटीभ्यालु १४ दशमलव १ देखी ३५ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर दासले जानकारी दिनुभयो ।

नारायणी अस्पतालको प्रयोगशालामा चैत २७ गते देखि यता गरिएको १ हजार ७ सय ९८ जनाको पिसिआर परीक्षणको क्रममा ९सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button