कोरोनाले फेरि रोकियो‘कर्णालीमा पदयात्रा’,पर्यटन व्यवसायी निरास

बैशाख । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहरले कर्णालीमा पदयात्रा फेरी ठप्प भएको छ ।
झण्ड एक वर्षपछि फागुन चैत महिनामा धमाधम शुरु भएको पदयात्रा बैशाख लागे संगै रोकिएको हो । भर्खरै पुरानै लयमा फर्किन थालेको पर्यटन क्षेत्र फेरि कोरोनाको शिकार बन्न पुगेको छ ।
जुम्लाका पर्यटन व्यवसायी नोर्बु लामाले कोभिडपछि पहिलो पदयात्राका रुपमा फागुनमा भारतीय पर्यटकलाई जुम्ला हुदै हुम्लाको सिमकोट सम्म ३० दिनको पदयात्रा गराएका थिए । जसलेबाट उनले करिब ३ देखि ४ लाख सम्म आम्दानी गरे । हुम्ला जादा पर्यटककै रोजाई अनुसार घोडा र खच्चड प्रयोग गरिएको थियो ।
त्यस्तै चैत महिनामा फ्रान्सको ५ जना टोलीलालाई ८ दिनका लागि जुम्ला हुदै मुगुको रारा ताल सम्मको पदयात्रा समेत नोर्बुले गराउनुभयो ।
उनिहरुबाट ८ दिनमा करिब साढे २ लाख बढी आम्दानी भयो । दुई समुहको सफल पदयात्रा पछि पर्यटन व्यवसायी नोर्बु लामा निकै खुसी थिए । कोभिडले एकवर्ष थलिएको पर्यटन व्यवसाय लयमा फर्किएपछि उनि जस्तै दर्जनौ व्यवसायी खुसी थिए ।
एकदिनमा करिब डेढसय आन्तरिक पर्यटकले होटल भरिभराउ हुन्थ्यो । माथिल्लो कर्णालीमा पदयात्रा गराउने एकमात्र पर्यटन व्यवसायी नोर्बुले दुई समुहको सफल पदयात्रापछि बैशाख महिनाका लागि करिब ४÷५ समुह संग पदयात्राको अर्डर लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“आन्तरिक तथा बाह्य पर्यटकको ४/५ समुह कर्णालीमा टेकिङ(पदयात्रा)का लागि आउन तयार थिए । पर्यटक कर्णालीमा आउन आतुर हुँदा पनि तर फेरी कोरोना संक्रमण बढ्दा पदयात्रा रोकिएको छ ।”
पदयात्रा गर्ने पर्यटकहरुको रोजाईमा डोल्पाको शेफोक्सन्डो,हुम्लाको मानसरोबर,मुगुको राराताल जुम्लाको पातारासी क्षेत्र पहिलो रोजाईमा पर्ने गरेको व्यवसायले लामाले बताउनुभयो ।
पछिल्लो समय कर्णाली राजमार्गको सुधार उल्लेखीय रुपमा भएकोले पर्यटक सहजै आउने गरेका छन् । कोभिड एक वर्ष घरमै थुनिएका आन्तरिक पर्यटक फागुन र चैतमा जुम्लाका होटल भरिभराउ भएका थिए ।
होटलमा फाटफुट आन्तरिक पर्यटक आइरहेपनि कर्णालीमा पदयात्रा भने रोकिएको छ । होटल भन्दा पदयात्राबाट देखिने खालको मोटो रकम एकैचोटी कमाई हुने भएकोले पदयात्रा रोकिनु दुखद पक्ष हो ।

नार्बुले भन्नुभयो,“ कर्णालीमा पदयात्रा गर्न आन्तरिक भन्दा बाह्य पर्यटक बढी रुचि राख्छन् । जसका कारण बाह्य पर्यटक बिना पदयात्रा सम्भव छैन् । अहिले बैशाख लागे संगै पदयात्रा रोकिएपछि केहि काम,गाइडहरु काम बिहिन भएका छन् ।”
कोभिडले सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रको उत्थानका लागि सरकारले कागजी रुपमा अघि सारेका विभिन्न प्याकेजलाई अक्षंश पालना गर्न समेत जुम्लाका पर्यटन व्यवसायीको माग छ ।








प्रतिक्रिया राख्नुहोस्