तपाईँ सुन्दै हुनुहुन्छः

अछामको एउटै विद्यालयका १५ जना विद्यार्थीमा कोरोना

अछाम ।  अछाममा एकै विद्यालयका १५ जना विद्यार्थीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिकामा रहेको नन्दा माध्यमिक विद्यालयका १५ जना विद्यार्थीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको हो ।

एन्टिजेन विधिबाट परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वसन्त रावलले जानकारी दिनुभयो ।

२४ जना विद्यार्थीको एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । केहि दिन यता विद्यार्थीमा रुघाखोकी र ज्वरो आईरहेको र नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको विद्यालयले जनाएको छ।

संक्रमण देखिएका ५ जना छात्रा र १० जना छात्र रहेका छन् । उनीहरु विद्यालयको छात्राबासमा बस्दै आईरहेका थिए ।
विद्यार्थी ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने लगायतका लक्षण देखिएपछि उनीहरुको कोरोना परिक्षण गरिएको थियो ।

संक्रमितको सम्पर्कमा रहेका अन्य विद्यार्थी तथा शिक्षकको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरि परिक्षण गरिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रावलले जानकारी दिनुभयो ।

हाल अछाममा पछिल्लो कोभिड(१९ को सक्रमणबाट ६ जना महिला र ३६ जना पुरुष गरि ४० जनामा कोरोना भाईसरको संक्रमण पुष्टि भएको छ । अहिलेसम्म अछाममा जम्मा १७ सय १० जना कोरोना भाईरसको संक्रमणमा परिसकेका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button