वैशाख मसान्तपछि मात्र विद्यालय बन्द गर्ने निर्णय
सिन्धुपाल्चोक । सरकारले देशभरका विद्यालय भौतिक उपस्थिति बन्द गर्ने निर्णय गरेको भए पनि सिन्धुपाल्चोक जिल्लामा वार्षिक परीक्षा सञ्चालन गरेर मात्रै बन्द गर्ने निर्णय गरेको छ ।
जिल्ला कोरोना सङ्कट व्यवस्थापन समिति र जिल्ला समन्वय समितिले गरेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
वैशाख मसान्तभित्र सम्पूर्ण विद्यालयको वार्षिक परीक्षा सम्पन्न गरेर विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा स्थानीय तहका प्रमुख तथा सरोकारवाला निकायबिच छलफल भएको थियो ।
यस्तै, बैठकले सार्वजनिक यातायातमा पूर्णरुपमा अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने निर्णयसमेत गरेको छ ।









प्रतिक्रिया राख्नुहोस्