पशुपालनका क्षेत्रमा आवश्यक अध्ययन–अनुसन्धान गरिने
काठमाडौँ । नेपालमा पनि पशुपालनका क्षेत्रमा आवश्यक पर्ने अध्ययन–अनुसन्धान गरिने भएको छ ।पशुपालनका क्षेत्रमा ‘अनुसन्धान र विकास’ को अवधारणासहित विश्वका विभिन्न देशहरूमा कार्य गरिरहेको International Livestock Research Institute ले नेपालमा सम्पर्क कार्यालय स्थापना गरी कार्य प्रारम्भ गरेको हो ।
अन्तर्राष्ट्रिय स्तरमा पशुपन्छी तथा जनस्वास्थ्यको क्षेत्रमा तथ्यमा आधारित नीति निर्माण गर्न तथा समस्याहरूको समाधान केन्द्रित हुने गरी अनुसन्धान कार्य सञ्चालन गर्न कार्यालयको स्थापनाले सहयोग पुग्ने सरकारले अपेक्षा गरेको छ ।
संस्थाले नेपालमा कार्य सञ्चालन गरेपश्चात् पशुपन्छी पालन, स्वास्थ्य तथा खाद्य स्वच्छताका क्षेत्रहरूमा अनुसन्धानका कार्यको प्रभावकारिता एवं विश्वसनीयतामा वृद्धि हुने अपेक्षा कृषि तथा पशुपंक्षि विकास मन्त्रालयले गरेको छ ।
नेपालमा कार्य सुरु गरेको विषयमा सम्बन्धित सरोकारवालाहरूलाई जानकारी गराउने तथा अनुसन्धानका सम्भावित विषयवस्तु समेत पहिचान गर्ने उद्देश्य सहित हालै एक छलफलको आयोजना गरिएको पनि मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्