तपाईँ सुन्दै हुनुहुन्छः

भुर्तेलसहित पाँच खेलाडी सम्मानित

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलसहित पाँच खेलाडी अमेरिका र बेलायतमा बस्दै आएका नेपाली समर्थकबाट नगद पुरस्कार सहित सम्मानित भएका छन् ।

शनिवार सम्पन्न त्रिकोणात्मक टी–२० सिरिजमा उत्कृष्ट प्रदर्शन गर्ने ओपनर कुशल भुर्तेल, आसिफ शेख, तीव्र गतिका बलर करण केसी, सोमपाल कामी र उपकप्तान दीपेन्द्रसिंह ऐरी नगद रकमसहित सम्मानित भएका हुन् ।

सम्मानित खेलाडीलाई सोमबार राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का, त्रिकोणात्मक सिरिजका क्रिकेट म्यानेजर प्रकाश पौडेल र क्यानका राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य छुम्बी लामाले एक कार्यक्रमबिच रकम हस्तान्तरण गर्नुभयो ।

अमेरिकाबाट ७० हजार र बेलायतबाट झन्डै २० हजार गरी कुल ९० हजार रकम हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button