कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप चारजना मृत्यु भएको छ । वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएर पोखराको मेडिप्लस अस्पतालमा उपचारको क्रममा रहेका पोखरा महानगरपालिका–२५ का ९१ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो ।
यस्तै शनिबार कोरोना संक्रमण पुष्टि भएर पोखराको मेडिप्लस अस्पतालमा उपचारको क्रममा रहेकी पोखरा महानगरपालिका–१ की ५५ वर्षीय महिलाको सोमबार दिउँसो मृत्यु भएको छ ।यस्तै म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ७८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । आइतबार कोरोना संक्रमण पुष्टि भएका वृद्धको मणिपाल शिक्षण अस्पताल पोखरामा सोमबार बिहान सवा ३ बजे उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी शनिबार कोरोना संक्रमण पुष्टि भएर लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारको क्रममा रहेका स्याङ्जाको वालिङ नगरपालिका–१२ का ५८ वर्षीय पुरुषको पनि सोमबार मृत्यु भएको हो ।गण्डकी प्रदेशमा हाल सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१५ पुगेको छ ।









प्रतिक्रिया राख्नुहोस्