तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा चितुवाको छाला सहित २जना पक्राउ

बाजुरा।बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका वडा नम्मर ९ बाट चितुवाको छाला सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा त्रिबेणी नगरपालिका वडा न.९ का बर्ष ६०का मानसिहं थापा र बर्ष २६ का तुलाराम शार्की रहेकाे पत्रकार सम्मेलन मार्फत जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । उनिहरुले चितुवा मारेर हड्डी दातँ र छाला बिक्रीका लागि भनेर राखेको अबस्थामा बिषेश सुराकीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक मदनजित महराले पत्रकार सम्मेल मार्फत जानकारी दिनुभयो ।

सुराकीका आधारमा जिल्लाबाट गएको प्रहरीको टोलीले पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइ उनिहरूबाट बरामत गरिएका १ थान छाला ३ थान दातँ दुइटा खुट्टा र १ थान टाउकाे देखी अस्थिरपन्चर १ थान जिल्ला बन डिभिजन कार्यालय बाजुरालाइ बुझाइएको महराले बताउनु भयो। सोही नगरपालिकाबाट करिव १ बर्ष पहिले पनी चितुवाको छाला हड्डी दातँ र अन्य मृगका हड्डी सहित केही ब्यक्ती हरु पक्राउ परेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button