उपत्यकाका प्रजिअहरुको बैठक सुरु

काठमाडौ। काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालय प्रमुख र सुरक्षा निकाय बीच अहिले छलफल चलिरहेको छ ।कोरोना सङ्क्रमण बढ्दो अवस्थालाई मध्यनजर गरेर बैठक अहिले काठमाडौं जिल्ला प्रशासनको कार्यालयमा चलिरहेको छ ।
हिजो जिल्ला प्रशासन कार्यालयबाट प्रदान गर्ने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरे लगतै आज अर्को छलफलमा चलेको हो ।देशका केही जिल्लामा निषेधाज्ञा जारी रहेको बेला काठमाडौं उपत्यकामा आगामी दिनमा के रणनीति बनाउने भनेरै छलफलमा जुटेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
यसको साथै कोरोना संक्रमण रोकथामको उपायका विषयमा गहन छलफलमा जुटेको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा आजदेखि एक साताका लागि बन्द भइसकेका छन् ।अत्यावश्यकमा शान्ति सुरक्षा संग सम्बन्धित निवेदन र मुद्दासंग सम्बन्धित कार्य सहित अन्य अत्यावश्यक सिफारिसका सेवा सुचारु हुने उहाँले जानकारी दिनुभयो ।
यसै गरि नयाँ नागरिकता, नागरिकता प्रतिलिपि र नाबालक परिचय पत्र , राहदानी विवरण तथा सिफारिश, हातहतियार दर्ता नवीकरण संस्था दर्ता तथा नवीकरण र पत्रपत्रिका दर्ता लगायतका सेवा आज बाट बन्द भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्