महाकाली अस्पतालमा एक जना कोरोना सङ्क्रमितको मृत्यु
कञ्चनपुर।कञ्चनपुरमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ ।
महाकाली अस्पतालमा कोरोना संक्रमित भई उपचार गराई रहेका भीमदत्तनगरपालीका १५ गोवरैयाका ७० वर्षिया पुरुषको गएराती १ बजे मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा.गोविन्द रोकायाले बताउनुभयो ।
उनी स्वासप्रस्वासको समस्याका कारण बैशाख १० गते अस्पताल भर्ना भएका थिए । हाल महाकाली अस्पतालमा ४८ जना कोरोना संक्रमित रहेका र ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्