तपाईँ सुन्दै हुनुहुन्छः

०७७ सालको नइ पुरस्कार चार जनालाई प्रदान गरिने

काठमाडौँ । नइ प्रकाशनले २०७७ सालको नइ पुरस्कार चार जनालाई प्रदान गर्ने  घोषणा गरेको छ ।

नइ प्रकाशनले नेपाली भाषा साहित्यको नियात्रापरक निबन्धका क्षेत्रमा विशिष्ट सिर्जनात्मक योगदान गरेबापत श्री घनश्याम राजकर्णिकारलाई साठी हजार रुपियाँ राशिसहित ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’, राजधानीबाहिर बसेर नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि निरन्तर समर्पित रही उत्कृष्ट योगदान पुर्‍याएबापत झापाका श्री भवानी क्षत्रीलाई पचास हजार रुपियाँ राशिसहित ‘नइ बुलु शर्मा पुरस्कार’ प्रदान गरिने भएको छ ।

यसैगरी, हिन्दु धर्म, संस्कृति र समाजसेवामा समर्पित भई नेपाली समाजमा उदाहरणीय र प्रेरक योगदान पुर्‍याएबापत भागवत मञ्जरी श्री राधिका दासीलाई पचास हजार रुपियाँ राशिसहित ‘नइ देरुनीख गौरव पुरस्कार’ र नेपाली भाषा साहित्यका फाँटमा समर्पित श्री युवराज अधिकारी ‘स्मरण’लाई पच्चीस हजार रुपियाँ राशिसहित ‘नइ देरुनीख पौरख पुरस्कार’ प्रदान गरिने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button