विनाशकारी भूकम्पलाई सम्झँदै दुई पोखरीमा तस्बिर प्रदर्शन

भक्तपुर । विनाशकारी भूकम्पलाई सम्झँदै आज मध्यपुर थिमिको दुई पोखरीमा एकल तस्बिर प्रदर्शन गरिएको छ । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा कैद गरिएका दृश्यहरूको तस्बिर प्रदर्शनी गरिएको हो ।
राष्ट्रिय समाचार समितिमा कार्यरत फोटो पत्रकार रत्न श्रेष्ठले २०७२ सालको भूकम्पका बेला क्यामेरामा कैद गरेका तस्बिरहरू प्रदर्शन गरिएको हो ।

मध्यपुर सञ्चार समाजले आयोजना गरेको प्रदर्शनीमा काठमाडौँ, भक्तपुर र ललितपुरका गरी करिब १०० तस्बिर राखिएका छन् ।
भूकम्पका समयमा आफूले कार्यालयबाट निस्कँदादेखि भक्तपुर, काठमाडौँ र ललितपुरमा देखेका दर्दनाक दृश्यहरूलाई अवलोकनका लागि राखिएको फाटो पत्रकार श्रेष्ठले जानकारी दिनुभयो ।

पुनर्निर्मित निगु पुखु अर्थात् दुई पोखरीमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले एकल फोटो प्रदर्शनीको उद्घाटन गर्नुभएको थियो ।

समाजका अध्यक्ष बाबुकाजी श्रेष्ठले प्रदर्शनीमा करिब ५ सय जनाले तस्बिरको अवलोकन गरेको बताउँदै यस्ता प्रदर्शनीले भूकम्पबाट सधैँ सचेत रहन समाजलाई जागृत गर्ने बताउनुभयो ।

फोटो रत्न श्रेष्ठ








प्रतिक्रिया राख्नुहोस्