तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा थप ९० जनामा कोरोना सङ्क्रमण पुष्टि

बीरगंज । नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा थप ९० जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

१ सय ४० जनाको पिसीआर परीक्षण गरिएकोमा ९० जनामा कोरोना सङ्क्रमण पुिष्ट भएकोे नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।

सङ्क्रमित मध्ये ६५ जना पर्सा जिल्लाको रहेकोमा बीरगंज महानगरपालिकाका ५४ जना रहेको डा.दासले बताउनुभयो ।

त्यसैगरी कोरोना सङ्क्रमण पुष्टि हुनेहरुमा बाराका २२ जना रहेका छन् भने रौतहटका ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डा.दासले बताउनुभयो ।

सङ्क्रमितको उमेर समुह ५ बर्षदेखि ७७ बर्षसम्म रहेको र सङ्क्रमितको सिटीभ्यालु १४ देखि ३५ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. दासले जानकारी दिनुभयो ।

नारायणी अस्पतालको प्रयोगशालामा चैत २७ गतेदेखि बैशाख ११ गतेसम्म गरिएको १५ सय १८ जनाको पिसिआर परीक्षणमा ८ सय २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button