तपाईँ सुन्दै हुनुहुन्छः

‘पुनर्स्थापनाका  उपलब्धि, अनुभव र सिकाई विश्वसामु देखाउन योग्य’

फाइल तस्बिर
काठमाडौँ । राष्ट्रिय पुुनःनिमार्ण प्राधिकरणले भूकम्प पछिको पुनःनिमार्ण, यसबाट उत्थानशील समाज निमार्णमा पुगेको योगदान र भावी कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
आज काठमाडौँमा आयोजित उक्त कार्यक्रममा राष्ट्रिय पुुनःनिमार्ण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःस्थापनाका उपलब्धि, अनुभव र सिकाई विश्वसामु देखाउन योग्य रहेको बताउनुभयो ।
उहाँले पुनःनिमार्णको क्षेत्रमा प्राधिकरणको काम प्रति प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरू, विपक्षी दल, र नागरिक समाजले समेत प्रशंसा गरेको बताउनुभयो ।
कार्यकारी अधिकृत ज्ञवालीले प्राकृतिक विपद् पछिको व्यवस्थापन र पुुनःनिमार्णको काम संसारभरिका अभ्यास हेर्दा नेपालले गरेको गौरव गर्न लायक छ भन्नुहुँदै प्राधिकरणको सफलता अनुकरणीय र अतुलनीय रहेको बताउनुभयो ।
उहाँले निजी आवास लगायत बाँकी काम यसै आर्थिक वर्ष भित्र सक्ने गरी कार्य तालिका बनाएर प्राधिकरण अगाडी बढ्ने जानकारी दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय पुुनःनिमार्ण प्राधिकरणका सदस्य डा. चन्द बहादुर श्रेष्ठले भूकम्प पछिका प्राधिकरणले अवलम्बन गरेका काम चुनौती लगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button