तपाईँ सुन्दै हुनुहुन्छः

तीन कृषि समूहलाई हाते ट्याक्टर वितरण

पोखरा । पोखरा महानगरपालिका वडा नं. २४ का कृषि समूहलाई हाते ट्याक्टर (मिनी ट्रेलर) प्रदान गरिएको छ ।
सयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युनडिपी)तथा पोखरा महानगरपालिका कृषि महाशाखाको संयुक्त आर्थिक साझेदारीमा सञ्चालित जीविकोपार्जन सुधारका लागि कृषि परियोजना अन्तर्गत खड्गाउँ, नेपाली टोल एकता र मौलाकाली किसान समूहलाई ८५ प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको हो ।
अदुवा बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत १ लाख ९५ हजार मूल्यको ट्र्याक्टर खरिदमा किसान समूहको लागत मूल्यमा १५ प्रतिशत योगदान छ ।
अदुवाको उत्पादन र बजारीकरणको लागि योजनाबद्ध ढङ्गले काम गर्न साझेदार संस्था असल छिमेकी सहयोग सङ्घ (गोनेसा) का महासचिव रामप्रसाद सुवेदीले किसानहरूलाई आग्रह गर्नुभयो ।
किसान समूहका प्रतिनिधि तारापति सुवेदीले कास्कीकोटका १५ किसान समूहलाई अझै पनि कृषि औजारको अभाव रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button