तपाईँ सुन्दै हुनुहुन्छः

आजबाट काठमाडौंका सात केन्द्रबाट चिनियाँ खोप दिइदै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २५ चैतदेखि दिदै आएको चीनको सहयोगमा प्राप्त चिनियाँ खोप भेरोसेल आईतबारबाट काठमाडौंका सात वटा खोपकेन्द्रमा लगाइने भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुर, हिमाल अस्पताल ज्ञानेश्वर, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर, नेपाल मेडिकल कलेज जोरपाटी, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथली, काठमाडौँ मेडिकल कलेज सिनामंगल र सशस्त्र प्रहरी अस्पताल बलम्बुमा खोप दिइदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button