सुनसरी जिल्ला अदालतको नयाँ भवन शिलान्यास
सुनसरी । सुनसरी जिल्ला अदालतको सात तल्ले नयाँ भवन शिलान्यास भएको छ ।सुनसरीको इनरुवा ३ सोमबारे हाटमा जिल्ला अदालत भवनको परिसरैमा अत्याधुनिक भवनको शिलान्यास भएको हो ।
शनिवार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कार्यक्रमबिच वैदिक विधिबाट शिलापत्र अनावरण गरी जिल्ला अदालत भवनको शिलान्यास गर्नुभयो ।
यहाँ १ हजार ५ सय स्कावईर मिटर क्षेत्रफलमा सुनसरी जिल्ला अदालतको भवन निर्माण शुरु भएको जिल्ला अदालतका श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले जानकारी दिनुभयो ।
नेपाल सरकारको सहरी विकाश तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई मोरङको ४१ करोड ६७ लाख ८९ हजार १०६ रुपियाँ ०४ पैसाको बजेटमा शर्मा सगुन जेभी बुटवल रुपन्देहीले नयाँ भवन निर्माण कार्य शुरु गरेको जिल्ला अदालतले जनाएको छ ।
भूकम्प प्रतिरोधात्मक निर्माण सहितको अत्याधुनिक भवनमा भवन निर्माणसँगै सात तलाको भवन आगामी २०८० साउन २२ गतेसम्ममा सम्पन्न सम्झौता भएको छ । शिलान्यास कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले जनताको आस्थाको केन्द्र न्यायालय भएकाले त्यसलाई मर्न नदिन पूर्ण न्यायको सिद्धान्तलाई अवलम्बन गर्न न्यायधिसहरुलाई आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्