कपिलवस्तु प्रहरीले सञ्चालन गर्यो ‘तपाईँको मास्क खोइ’ अभियान

कपिलवस्तु । दैनिक रूपमासङ्क्रमित बढ्दै गएपछि कोरोना भाइरस रोकथामको लागि कपिलवस्तु प्रहरीले ‘तपाईँको मास्क खोइ’ अभियान सञ्चालन गरेको छ ।
‘तपाईँको मास्क खै भन्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारी सडकमा उत्रनुभएको छ।

कपिलवस्तु प्रहरीले जिल्लाको विभिन्न ठाउँहरूमा प्लेकार्ड सहितको र्याली आयोजना गरी सन्देश मूलक सूचना प्रवाह गरी रहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।
जिल्लाको निर्देशन अनुसार मास्क नलगाई हिँड्ने व्यक्तिलाई ‘तपाईँको मास्क खोइ, भन्दै मास्क समेत वितरण गरिएको इप्रका बहादुरगंजका प्रहरी नायव निरीक्षक धर्मराज भण्डारीले बताउनुभयो ।
उहाँले कोरोना भाइरसबाट जोगिनका लागि मास्क लगाउनुपर्छ भन्ने सन्देश दिँदै मास्क वितरण गरिएको प्रहरी नायव निरीक्षक भण्डारीले बताउनुभयो ।

भौतिक दुरी कायम राख्नुका साथै घर बाहिर निस्किदा मास्कको प्रयोग गरी आफु र आफ्नो परिवारलाई सुरक्षित गराउन कपिलवस्तु प्रहरीले अनुरोध गरेको छन् ।









प्रतिक्रिया राख्नुहोस्