तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा नियमित रुपमा लाग्दै आएका हाट बजारहरू बन्द

रुपन्देही । कोरोना कहरको दोस्रो चरण सुरु भएपछि रुपन्देहीमा नियमित रुपमा लाग्दै आएका हाट बजारहरू बन्द गरिएका छन् ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आदेशमा नियमित रुपमा लाग्दै आएका सबै हाटबजारहरू अर्को सूचना जारी नभए सम्मका लागि बन्द गरिएको हो ।
बुटवल ६ मा रहेको पुरानो हाटबजार आज (शनिवार) बिहानदेखि प्रहरी परिचालन गरी हाट बजार बन्दा गराइएको हो ।
बिहान बजारमा समान लिएर गएका व्यवसायीहरू आ-आफ्नो सामान लिएर फिर्ता गएका छन् । यता दैनिक उपभोग्य बस्तु , तरकारीको हाट बजारमा व्यवसाय गर्दे आएका व्यवसायीहरूले भने आफूहरूले भौतिक दुरी कायम गरेर तरकारी विक्री गर्न पाउनुपर्ने माग गरेका छन् ।
च्याउ उत्पादक किसान सङ्घ रुपन्देहीका ऋषव पोखरेलले किसान उत्पादन गरेको बस्तुको उत्पादन सहज रुपमा बिक्री गर्न पाउनुपर्ने बताउनुभयो ।
उहाँले खास गरी किसान उत्पादित बस्तु खेर जान नदिनको लागि हाट बजारमा व्यवस्थित रुपमा सामाजिक दुरी कायम गरेर बस्तु बिक्री गर्न पाउनुपर्ने बताउनुभयो। यसको लागि च्याउ लगायत तरकारी उत्पादक किसान सङ्घ तथा महासङ्घहरू सकारात्मक रहेको उहाँको भनाई रहेको छ ।
रुपन्देहीमा आज (शनिवार)देखि लाग्दै आएका सबै हाट बजारहरू बन्द भएपछि हाट बजार व्यवसायी सङ्घ रुपन्देहीले बुटवल उपमहानगरपालिका लगायतका स्थानीय तहमा डेलिगेसन जाने र सहज रुपमा किसानको उत्पादन बिक्री गर्ने बताउवरण मिलाउन आग्रह गर्ने भएको छ । जसको लागि आइतबार समय तय गरिएको हाट बजार व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष टेक बहादुर जिसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button