कोरोनाबाट बाँकेमा थप एकको मृत्यु
नेपालगन्ज। बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगन्जमा उपचाररत बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ की ५५ वर्षीया महिलाको आज विहान मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताउनुभयो ।
यो संगै कोरोनाबाट बाँकेका ७७ जनाको मृत्यु भइसकेको छ भने बाहिरी जिल्लाका १०० जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्