सप्तरीमा ६ जनामा कोरोना संक्रमण पुष्टि

सप्तरी । सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा १५ जनाको पिसीआर परीक्षण गरिएकोमा ६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै सप्तरीमा सक्रिय सङ्क्रमितको सङ्ख्या १२ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवका अनुसार संक्रमण पुष्टि हुनेमा एक जना राजविराज नगरपालिका स्वास्थ्य शाखा सह–संयोजक ५५ वर्षीय पुरुष रहेका छन् ।
यसै गरी राजविराज–५ का २१ र २५ वर्षीय पुरुष, वडा नम्बर ११ का ६२ वर्षीय पुरुष र खडक नगरपालिकास्थित कल्याणपुरका २३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख यादवले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्