कोहलपुर मेडिकल कलेजमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु

सल्यान । कोहलपुर मेडिकल कलेजमा उपचार गराई रहेका सल्यानका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
बिहीबार दिउँसो उपचारको सल्यान बन्गाड कुपिण्डे नगरपालिका ३ निवासी ५६ वर्षीय डब्बल सार्कीको मृत्यु भएको हो ।
१० दिन अघि मात्र भारतबाट घर फर्किएका उनी स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएको ३ न वडा अध्यक्ष टेक बहादुर पुनले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमणबाट सल्यानमा पछिल्लो पटक दुई जनाको मृत्यु भएको छ । बिहीबार नै शारदा नगरपालिकाका २ का ८२ वर्षीय वृद्धको मृत्यु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्