लागुऔषध गाँजासहित ३ जना पक्राउ

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं ४ नयाँपुल स्थितमा लागु औषधको कारोबार बढिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा बुधबार धादिङको गल्छी गाउँपालिका वडा नं ६ बस्ने २५ वर्षीय आकाश मगर, स्याङजाको पुतलीबजार नगरपालिका वडा नं १४ बस्ने १८ वर्षीय अजय भन्ने जगदिश क्षेत्री र कास्कीको पोखरा महानगरपालिका वडा नं १७ बिरुवा बस्ने अन्दाजी १८ वर्षीय समिप मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
लागु औषधको कारोबार गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई उनिहरुको शरिर समेत तलासी लिदा आकाश मगरले बोकेको दोकाधे झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा अबैध लागु औषध १ केजी गाँजा फेला पारी बरामद गरी संलग्न तिनै जनालाइउ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनिहरुलाई लागुऔषध गाँजा मुद्दामा जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।अबैध नदिजन्य पदार्थ उत्खनन् गर्ने एक्साभेटर, जेसिबीसहित टिप्पर नियन्त्रणमातनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले अबैध नदिजन्य पदार्थ उत्खनन् गर्ने एक्साभेटर, जेसिबीसहित टिप्पर नियन्त्रणमा लिएको छ।
जिल्ला तनहुँ बन्दिपुर–६ सराङघाट स्थितमा अवैध रूपमा संचालन भई हाल बन्द रहेको नमुना ग्रिड एण्ड क्रसर उद्योग प्रालिबाट अवैध रूपमा ढुङ्गा, गिट्टी बालुवा लोड गरी ओसारपसारमा संलग्न ग १ ख ७९९७, बा ए.इ. १००६ ख १९८४, बा ए.इ. १००६ ख १९८३, ग १ ख ८७५४, ग १ ख ८२०९, बा ए.इ. १००६ ख १९८२ र बा ए.इ. १००६ ख १९७९ नं को टिप्परहरुलाई जिल्लाको व्यास–१३ बेलबास स्थित सराङघाट तर्फबाट दमौली तर्फ ल्याउदै गरेको अवस्थामा नियन्त्रणमा लिई बन्दिपुर गाउँपालिकाको कार्यालय तनहुँमा पठाइएको थियो ।
उक्त कार्यालयबाट प्रति टिप्पर रु १२ हजारका दरले जम्मा रु ८४ हजार जरिवाना गरेको छ ।त्यस्तै गत आइतबार शुक्लागण्डकी–२ साखर स्थितमा रहेको सार्वजनिक स्थानबाट अवैध रूपमा बालुवा उत्खनन् गरि लोड लिई हिडेको अवस्थमा ग १ ख ८५६५ नम्बरको टिप्पर र ग १ त २७२७ नम्बरको ट्याक्टरलाई ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई शुक्लागण्डकी नगरपालिकाको कार्यालय तनहुँमा बुझाएकोमा उक्त कार्यालयबाट २४ हजार जरिवाना भएको छ ।
यस्तै २०७७ चैत ३१ गते जिल्लाको आबुँखैरेनी गाउँपालिका वडा नं ३ स्थित मर्स्याङदी नदिको कुडुले घाटमा बालुवा उत्खनन गरी रहेको अवस्थामा ग २ क ४३५३ नं को जेसिबी र गत आइतबार जिल्ला आबुँखैरेनी गाउँपालिका वडा नं २ स्थित मर्स्याङदी नदिको ढापटार घाटमा बालुवा उत्खनन गरी रहेको अवस्थामा नं। नखुलेको स्काईभेटरलाई ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई आबुखैरेनी गाउँपालिकाको कार्यालय तनहुँमा बुझाएकोमा उक्त कार्यालयबाट प्रति साधन रु २० हजारका दरले जम्मा रु ४० हजार जरिवाना भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्