भारतद्वारा गैर नाफामूलक संस्थालाई बस र एम्बुलेन्स प्रदान
काठमाडौं । भारत सरकारले नेपालका गैर नाफामूलक सङ्घ संस्था तथा शैक्षिक प्रतिष्ठानलाई उपहारस्वरूप बस तथा एम्बुलेन्स प्रदान गरेको छ ।
काठमाडौं स्थित भारतीय राजदूतावासमा बिहिबार आयोजित एक कार्यक्रममा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले ३९ वटा एम्बुलेन्स र छ वटा बस सम्बन्धित संस्थाका प्रतिनिधिलाई हस्तान्तरण गर्नुभयो ।

यसअघि भारतले नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुसार निर्माण भएका ‘एडभान्स लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट र कमन लाइफ सपोर्ट’ गरी तीन किसिमका थप एम्बुलेन्स प्रदान गरेको थियो ।
हालसम्म भारतले ८६२ वटा एम्बुलेन्स र १६६ वटा स्कुल बस उपहारस्वरूप नेपालका सामाजिक सङ्घसंस्था र विद्यालयलाई प्रदान गरिसकेको छ ।
नेपालका ग्रामीण क्षेत्रमा स्वास्थ्यको पहुँच विस्तार गर्न तथा शिक्षक र विद्यार्थीको आवागमनमा सघाउन भारतले बर्सेनि केही एम्बुलेन्स र स्कुल बस उपलब्ध गराउँदै आएको छ ।









प्रतिक्रिया राख्नुहोस्