तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल पत्रकार महासङ्घको प्रदेश नंं २ को प्रादेशिक समितिद्वारा पदभार ग्रहण

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घको २६ औँ महाधिवेशनबाट निर्वाचित प्रदेश २ का प्रादेशिक समितिका पदाधिकारीहरूको तथा सदस्यहरूको पदभार ग्रहण कार्यक्रम आज सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासङ्घ धनुषाको सभाकक्षमा नेपाल पत्रकार महासङ्घ प्रदेश नंं २ को निर्वाचन समिति आयुक्त रामभरत साहले नव निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गरेर पदभार ग्रहण गराउनु भएको छ ।
महासङ्घका प्रादेशिक समितिका निर्वाचित अध्यक्ष राजेशकुमार कर्ण सहित सम्पुर्ण पदाधिकारी तथा सदस्यहरूलाई पदभार ग्रहण गर्दै चाडै प्रदेश भरिका पत्रकारहरूको हकहितमा कामकाज गर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका प्रदेश २ का प्रादेशिक समितिका अध्यक्ष दीपेन्द्र चौहानले नवनिर्वाचित अध्यक्ष कर्णलाई पद हस्तान्तरण गर्नु भएको छ । कार्यक्रममा निर्वाचन समितिमा सफलतापूर्वक कार्य सम्पादन गरेको भन्दै निर्वाचन आयुक्त रामभरत साहसहितका सबै सदस्यहरूलाई पनि निवर्तमान अध्यक्ष चौहानले सम्मान पत्र प्रदान गरेर सम्मानित गर्नु भयो ।
नेपाल पत्रकार महासङ्घको निर्वाचनबाट प्रदेश २ को कार्यसमितिको अध्यक्षमा राजेशकुमार कर्ण, उपाध्यक्षमा रामानन्द प्रसाद गुप्ता, महिला उपाध्यक्षमा ज्योति झा, महासचिवमा श्याम प्रसाद बञ्जारा, सचिवमा अजितकुमार सिंह, समावेशी सचिवमा भोला पासवान र कोषाध्यक्षमा विश्वनाथ ठाकुर रहनु भएको छ ।
त्यस्तै, सदस्यहरु अजय कुमार साह, महेश्वर अधिकारी, शैलेन्द्र कुमार झा, सन्तोष कुमार सिंह र त्रिलोकी नाथ यादव रहेका छन् भने महिला सदस्यहरूमा प्रतिभा झा, लक्ष्मी खरेल र बरुणा कर्ण रहेकी छन् ।
मधेशी सदस्यमा नवीन मिश्र र सञ्जय राउत, जनजाति सदस्यमा रोयाण्टर मण्डल र शङ्कर श्रेष्ठ, दलित सदस्यमा कैलाश दास र अल्पसङ्ख्यक सदस्यमा हदिस खुद्दार निर्वाचित हुनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button