प्रदेश १ मा आज १६८ जना कोरोना संक्रमित थपिए

सुनसरी । प्रदेश १ मा आज १६८ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा १०८, सुनसरीमा २८, झापामा १७, धनकुटामा २, तेह्रथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा आज ९७ जनामा संक्रमण पुष्टि भएका छन् । सङ्क्रमित मध्ये ४६ जना महिला र ५१ जना पुरुष छन् ।
मोरङको बुढीगंगा, उर्लाबारी, कटहरीमा २–२, सुन्दरहरैचा, पथरीशनिश्चरे र रंगेलीमा १–१ र स्थानीय तह नखुलेका २ जना, सुनसरीको धरानमा १६, इटहरीमा ७, बराह क्षेत्र, दुहबी, गढी, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१, झापाको भद्रपुर र बिर्तामोडमा ४–४, कनकाईमा ३, दमकमा २, अर्जुनधारा, मेचीनगर, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा २, तेह्रथुमको लालीगुराँसमा १, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ६ सय २ जनाको पीसीआर परीक्षण गरिएको परीक्षण गरिएका मध्ये ७२ महिला र ९६ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्